सेयर बजारमा सुधार आउनै सकेन, बाँकी सबै समूह घट्दा व्यापार समूहमा भने सुधार

Advertisement

काठमाडौं । लगातारजसो घट्दै आएको सेयरमा बिहीबार पनि सुधार आउन सकेन । आज सेयर बजार परिसुचक नेप्से एकल अंकले घटेर एक हजार १८० कायम भएको छ भने कारोबार १९ करोड ६९ लाख रुपियाँमा सीमित भएको छ ।

सबैभन्दा बढि नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड १९ लाख रुपियाँको सेयर किनबेच भएको छ भने बाँकीको एक करोड भन्दा कम छ । समूहगत कारोबारतर्फ व्यापार समूहको उपसुचक एक प्रतिशतभन्दा बढिले सुधार भएको छ । बाँकी सबै समूहमा भने गिरावट छ । होटल, जलविद्युत, लघुवित्त र निर्जिवन बीमा कम्पनीको सुचक एक प्रतिशतभन्दा बढिले घटेको छ भने बाँकीको एक प्रतिशतभन्दा कम छन् ।

आज सबैभन्दा धेरै नाफा गर्नेमा आरम्भ माइक्रोफाइनस वित्तीय संस्था छ भने घाटा खानेमा सबैभन्दा अगाडि मल्टिपर्पोज फाइनान्स कम्पनी रहेको छ ।

Advertisement

Advertisement

Advertisement