सरकारी कर्मचारीको सुविधा बढ्यो

Advertisement

काठमाडौं । सरकारी कर्मचारीको चालू आर्थिक वषदेखि महँगी भत्ता, पोशाक भत्ता र बीमाको बिमाङ्क रकम बढेको छ ।

मन्त्रिपषिद्को निर्णय अनुसार सरकारले निजामति कर्मचारीका लागि एक हजार रुपियाँ महँगी भत्तालाई बढाएर दुई हजार रुपियाँ र एक लाख रुपियाँको बिमाङ्क रकमलाई बढाएर दुई लाख रुपियाँ पुर्याएको हो ।

पेशाक सुविधा प्राप्त गरिरहेका पदाधिकारी तथा कर्मचारीका लागि साढे सात हजार रहेको पोशाक भत्तालाई बढाएर १० हजार पुर्याएको छ ।

सरकारले निजामति कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शिक्षकलगाएतका कर्मचारीलाई हाल उपलब्ध गराउँदै आएको एक लाख बिमा रकमलाई वृद्धि गरी दुई लाख पुर्याएको अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन् ।

बीमाको लागि प्रत्येक कर्मचारीका लागि सरकारले चार सय रुपैयाँ र कर्मचारीले पनि सोही बमोजिमको रकम योगदान गर्नुपर्नेछ ।

सरकारले चालू आर्थिक वर्षमा महँगी भत्ताको लागि ९ अर्ब १२ करोड ७१ लाख रुपियाँ छुट्याएको छ ।

कर्मचारीको पोशाकका लागि ४ अर्ब १३ करोड ९९ लाख रुपियाँ छुट्याएको छ । बीमाको लागि ४४ करोड २० लाख रुपियाँ छुट्याएको छ ।

गएको आर्थिक वर्षमा सरकारले महँगी भत्ता शीर्षकमा ३ अर्ब ११ करोड रुपियाँ, पोशाक भत्ताको लागि २ अर्ब १६ करोड रुपियाँ, बीमाको लागि २७ करोड ५८ लाख रुपियाँ खर्च गरेको छ ।

Advertisement

Advertisement

Advertisement