देवः विकास बैंकको अध्यक्षबाट बज्राचार्यको राजीनामा, नयाँ अध्यक्षमा बज्र गुरुङ

Advertisement

काठमाडौं । देश विकास बैंक सञ्चालक समितिका अध्यक्ष प्राडा सुवर्णलाल बज्राचार्य र सञ्चालक महेश प्रधानले राजीनामा दिएका छन् । उनीहरु दुवैको राजीनामा बुधबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ ।

बुधबारै बसेको सञ्चालक समिति बैठकले मेजर लेफ्टिनेन्ट जनरल बज्र गुरुङलाई अध्यक्ष चयन गरेको छ । उनी भाटभटेनीका तर्फबाट प्रतिनिधि हुन । भाटभटेनीबाहेक कर्मचारी सञ्चय कोष र मिलन कोअपरेटिभको मुख्य लगानी रहेको देवः विकास बैंकमा संस्थापक लगानीकर्ताहरुले छाड्न नमानेपछि बज्राचार्य र प्रधानले राजीनामा दिएका हुन ।

बैंकमा बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐनको नयाँ व्यवस्थाअनुसार सञ्चालकहरु घटाउन नेपाल राष्ट्र बैंकले दबाब दिँदै आएको थियो । नयाँ ऐनअनुसार बैंक वित्तीय संस्थामा पाँचदेखि सात जनासम्म मात्रै सञ्चालक रहनसक्ने व्यवस्था छ ।

ठूला संस्थापक लगानीकर्ताहरुले छोडन नमानेपछि स्वतन्त्र (व्यक्तिगत) लगानीकर्ताको रुपमा रहेका अध्यक्ष बज्राचार्य आफैले राजीनामा दिएर बाटो सहज गरिदिएका छन् । राजीनामाको विषयमा सोध्दा उनले आफ्नो कार्यव्यस्तताका कारण समय दिन नभ्याएकोले राजीनामा दिएको बताए ।

Advertisement

Advertisement

Advertisement