प्रभु समूहले पनि ल्यायो डिजिटल भुक्तानी सेवा ‘प्रभु पे’

Advertisement

काठमाडौं । प्रभु समुहले ‘प्रभु पे’ ब्राण्डको डिजिटल भुत्तानी सेवा संचालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमबीच प्रभु समुहका अध्यक्ष देवीप्रकाश भट्टचनले यस सेवाको उद्घाटन गरे ।

इसेवा फस्टाएसँगै आइएमई समूहले पनि आइएमई पे नामक डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको थियो । अहिले प्रभु समूहले पनि यो सेवा सुरु गरेको हो ।
‘वालेट अब मोवाइलमा’ भन्ने नाराका साथ प्रस्तुत भएको प्रभु पेले अन्य डिजिटल भुक्तानी सेवाहरुले भन्दा आफूहरुले अतिरिक्त सेवाहरु उपलब्ध गराएको दाबी गरेको छ ।

प्रभु पे मोवाइलमा अधारित डिजिटल भुक्तनी सेवा भएकाले यसको सेवा लिनका लागि आफ्नो मोवाइलमा प्रभु पेको एप डाउनलोड गर्नुपर्नेछ । प्रभु पेको मोवाइल एपको माध्यमबाट बैंक तथा बित्तिय संस्थाको खाताबाट मनि ट्रान्सफर गर्न, विभिन्न सेवाहरुको बिल भुक्तानी गर्न, रकम झिक्न र रिचार्ज गर्न सकिने छ ।

प्रभु पे बाट ९९ प्रतिशत बैंकहरुका साथै सहकारी संस्थाहरुको खाताबाट पनि मनि ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ ।

यसैगरी प्रभु पेले एप डाउनलोड गर्दा र साथीहरुलाई रिफर गर्दा ३० रुपियाँ बराबरको बोनस उपलब्ध गराउने जनाएको छ । यसका साथै नियमित ग्राहकहरुलाई १० लाख रुपियाँ बराबरको दुर्घटना बीमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

उक्त अवसरमा भट्टचनले आफूहरुले ढिलै भए पनि उपभोक्ताको चाहनाबमोजिम नयाँ सेवा ल्याएको बताए । प्रभु पेकी उपाध्यक्ष कुसुम लामाले एप चलाउने तरिका र यसका विषयहरुको बारेमा जानकारी दिएकी थिइन । प्रभु पेको एप प्ले स्टोर र एप स्टोर दुबैमा उपलब्ध छन् ।

Advertisement

Advertisement

Advertisement