बंगलादेशका उर्जामन्त्री चन्द्रागिरि घुम्न गए

Advertisement

काठमाडौं । बंगलादेशका बिजुलीको लागि राज्य, ऊर्जा र खनिज संशाधन मन्त्री नर्सुल हमिद सहितको टोलीले बिहीबार काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन् ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराए । उनले चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे । हमिदले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा राम्रो परियोजना निर्माण भएको पुस्तिकामा उल्लेख गरेका छन् ।

चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement