पकेट क्षेत्र र ब्लक उत्पादनका लागि किसानलाई ६३ लाख अनुदान

Advertisement

कञ्चनपुर । कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि ६३ लाख रुपियाँ अनुदान दिइएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको हो । किसानलाई ६ वटा धान पकेट कार्यक्रमका लागि १६ लाख ५० हजार रुपियाँ उपलबध गराइएको छ ।

दुई पकेट क्षेत्रका लागि दुई लाख २५ हजार रुपियाँका दरले तथा चार पकेट क्षेत्रका लागि तीन लाख रुपियाँका दरले अनुदान प्रदान गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिन्दु कुँवरले जानकारी दिइन् ।

यस्तै तीन तरकारी पकेट क्षेत्रका लागि सात लाख ५० हजार रुपियाँअनुदान दिइएको छ । केरा पकेट क्षेत्रका लागि तीन लाख रुपियाँ तथा तरकारी ब्लकका लागि ३३ लाख रुपियाँ उपलब्ध गराइएको छ ।

अनुदान रकमबाट किसानले कृषि औजार, बीउबिजन, मलखाद, विषादीलगायत सामग्री खरिद गरेका छन् । “यसले धान, केरा र तरकारीको उत्पादनमा वृद्धि हुनाका सिाथै किसानक आत्मनिर्भर हुनेछन्,” कुँवरले बताए ।

उक्त नगरपालिकामा आर्थिक वर्ष २०७३÷७४ देखि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो ।

Advertisement

Advertisement

Advertisement