कर्जाको व्याजदर घटाउन सकिंदैनः बैंकर्स संघ

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघले तत्काल व्याजदर घटाउन नसकिने बताएको छ । कर्जाको व्याजदर घटाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिए पनि बैंकर्स संघले व्याजदर घटाउन नसकिने जवाफ दिएको हो ।

राष्ट्र बैंकले भनेजस्तो दुई प्रतिशत व्याजदर घटाउन बैंकसँग पयाप्त लगानी नभएको संघका अध्यक्ष ज्ञानेन्द्र हढुंगानाले बताए । बैंकहरुले लगानीलाई आकर्षित गर्न पनि व्याजदर घटाउन नमिल्ने उनले बताए । असोजबाट भने व्याजदर घटाउन सकिने उनको भनाई छ ।

राष्ट्र बैंककै निर्देशनमा स्थानीय तहहरुमा शाखा विस्तार गर्दा बैंकको आन्तरीक खर्च ८० प्रतिशतसम्म बढ्न गएकोले तत्काल कर्जाको व्याजदर समायोजन गर्न नसकिने उनले बताए ।

Advertisement

Advertisement

Advertisement