अब कलंकी चोकमा ३० सेकेन्ड मात्र जाम

Advertisement

काठमाडौं । कलंकी चोकमा जामका कारण यात्रामा हुने समस्या अब समाधान हुने भएको छ । अण्डरपास सञ्चालनमा आएसँगै कलंकीमा बढीमा आधा मिनेट जाम हुने चक्रपथ सडक आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताए ।

अण्डरपास निर्माण लगभग सम्पन्न हुन लागेको र अब केहि दिनमै सञ्चालनमा आउने उनले बताए ।

काठमाडौंमा झरिका कारण काम गर्न समस्या भएपछि सञ्चालनको लागि तोकिएको मिति भन्दा झण्डै डेढ पहिनापछि अण्डरपास प्रयोगमा ल्याउन लागिएको हो । शुक्रबार दिनभर काम गर्ने वातावरण भएमा एक दुई दिनमै अण्डरपास सञ्चालनमा आउने उनले बताए ।

चीनको अनुदान सहयोगमा कोटेश्वर–बल्खु–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अन्डरपास निर्माण भएको हो । अण्डरपासको काम छ महिनामा सक्ने लक्ष्यकासाथ सुरु गरे पनि दुई वर्षपछि सञ्चालनमा आउन लागेको हो ।

Advertisement

Advertisement

Advertisement