सयपत्री हाइड्रोले ३ लाख कित्ता आइपीओ निष्कासन गर्ने

Advertisement

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले तीन लाख कित्ता सेयर प्रारम्भिक सार्वजनीक निष्कासन (आइपीओ)मा बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले बागलुङका आयोजना प्रभावित स्थानीयहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले स्थानीयलाई आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि पनि सेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीले निष्कासन गर्न लागेको आइपीओको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

सयपत्री हाइड्रोले बागलुङको धर्मखोलाबाट २ दशमलव ५० मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण गरेको छ ।

Advertisement

Advertisement

Advertisement