देवः विकास बैंकका नवनिर्वाचित अध्यक्ष गुरुङले लिए पद तथा गोपनियताको सपथ

Advertisement

काठमाडौं । देवः विकास बैंकका नवनियुक्त अध्यक्ष बज्र गुरुङलाई शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले पद तथा गोपनियताको सपथ गराएका छन् ।

सञ्चालक समितिका अध्यक्ष प्राडा सुवर्णलाल बज्राचार्यले राजीनामा दिएपछि समितिले दुई दिनअघि गुरुङलाई अध्यक्ष चयन गरेको थियो । नेपाली सेनाबाट अवकाशप्राप्त उपरथी गुरुङ भाटभटेनी सुपर मार्केटस् एण्ड डिपार्टमेण्टल स्टोर्सको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक भएका थिए ।

राष्ट्र बैंकमा आयोजित सपथ ग्रहण कार्यक्रमका राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेल, बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक निर्मल कार्की देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ उपस्थित थिए ।

 

Advertisement

Advertisement

Advertisement