सञ्चारकर्मी दाहाल यज्ञनिधि ‘जदौ’ रहेनन्

Advertisement

काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधि ‘जदौ’को ६५ बर्षको उमेरमा निधन भएको छ। मृगौलाका बिरामी दाहाल बुधबार बिहान घरमा लडेपछि गम्भीर बिरामी भएका थिए ।

फेरिएको मृर्गौलाले काम नगरेपछि उनले लामो समयदेखि डायलसिस गर्दै आएका थिए । बुधबार नियमित डाइलसिसका लागि राष्ट्रिय मृर्गौला रोग उपचार केन्द्र पुर्याइएका दाहाललाई त्यहाँ समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको इमर्जेन्सिमा भर्ना गरिएको र सो अस्पतालको आइसियुमा राखेर दुई दिन उपचार गरिएपछि शुक्रबार सुमेरु अस्पताल रिफर गरिएको थियो । सोही अस्पतालमा दाहालको निधन भएको हो ।

मिठो र लयवद्ध स्वरका धनी सञ्चारकर्मी दाहाल नेपाली रेडियोमा उद्घोषण गर्थे । पछिल्ला दिनमा उनी रेडियो अन्नपूर्णमा कार्यरत थिए । उनी मण्डिखाटारमा आमा र श्रीमतीसँग बस्दै आएका थिए ।

Advertisement

Advertisement

Advertisement