प्रदेश ५ ले अर्थमन्त्रीको राजीनामा माग्दा ओली मौन

Advertisement

काठमाडौं । प्रदेश नम्बर पाँचका सांसदले अर्थमन्त्री युवराज खतिवडाको राजीनामा मागेका छन् । शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा खतिवडाको राजीनामा मागिएको हो ।

दाङ क्षेत्र नम्बर १ का सदस्य मेटमणि चौधरीले अर्थमन्त्रालयले सक्छ भने बजेटलाई करेक्सन गर्नुपर्ने यदि त्यसो गर्न नसके अर्थमन्त्री परिवर्तन हुनुपर्ने बताए । उनले भने, ‘अहिलेको बजेट जनता खुसी छैनन् । जनतालाई खुसी बनाउन जनताको माग सम्बोधन गर्न सक्नुपर्छ । अर्थमन्त्रीले जनताको पक्षमा बजेट ल्याउन सकेनन् । त्यो भएकोले उनको विकल्प खोजिनुपर्छ ।’

प्रधानमन्त्री अगाडि चौधरीले थपे, ‘अर्थमन्त्रीकै कारण सरकार आलोचित बन्दै गएको छ । सरकारलाई कमजोर बनाउँदैछन् भने उनी किन अर्थमन्त्री बन्ने ?’ प्रदेश ५ का साँसदहरुले खतिवडाको राजीनामा मागिरहँदा ओली भने मौन थिए । खतिवडालाई अर्थतन्त्र बुझेको व्यक्तिको रुपमा ओलीले एकाएक मन्त्री बनाएका थिए ।

ओलीले सरकारले गति लिने भन्दै त्यसका लागि सरकारले कार्यक्रमहरुको योजना बनाइसकेको र टुंगोमा पुर्याउने बताए । उनले आगामी वर्षदेखि वृद्वा भत्तादेखि सामाजिक भत्ता बढाउने बताए । यो बर्ष जे भए पनि अर्को बर्ष राम्रो गर्ने भन्दै प्रदेश पाँचका साँसदहरुलाई थामथुम गर्ने प्रयास गरेका थिए । सोही प्रदेशका साँसद हिराचन्द्र विष्ट, सोमप्रसाद पाण्डेलगायतले ओलीलाई भेटेका थिए ।

Advertisement

Advertisement

Advertisement