अमेरिकामा एक सन्कीले विमानै चोरे

Advertisement

काठमाडौं । अमेरिकाको वासिन्टन राज्यको सेटल महानगरमा रहेको सेटल—टाकोमा बिमानस्थलबाट एउटा खाली विमान चोरी भएको छ । एअरलाइन्सकै एक २९ वर्षीय सन्की कर्मचारीले स्थानीय समयअनुसार शुक्रबार राति उक्त विमानको चोरी गरेका हुन् ।

चोरी भएको विमान आलस्का एअरलाइन्सको भएको बुझिएको छ । विमानस्थलका अधिकारीहरुले रोक्न खोज्दा—खोज्दै ती चोरल े अचानक बिमान उडाएको बीबीसीले जनाएको छ ।

विमान चोरीपछि सटेल—टाकोमा बिमानस्थल पूर्णरुपमा बन्द भएको थियो । सरकारी अधिकारहरुले विमान चोर आतंककारी नभएको बताएका छन् । विमान चोरी गर्ने व्यक्ति स्थानीय भएको र उनको आतंककारी संगठनसँग कुनै आबद्धता नभएको बताइएको छ ।

चोरले जाहज उडाएपछि दुईवटा लडाकु विमानले त्यसलाई पछ्याएका थिए । तर उक्त विमान दक्षिणी केट्रोन टापूमा गएर दुर्घटनाग्रस्थ भएको थियो ।

विमान उडाउने क्रममा विमानस्थलका अधिकरीहरुसँग भएको कुराकानीमा चोरले आफूले भिडियो गेम खेल्ने गरेकाले विमानलाइ अवतरण गराउन सक्ने दावी गरेको भ्वाइस रेकर्ड बाहिर आएको छ । उक्त रेकर्डमा उनले विमानमा फ्यूलको मात्रा प्रयाप्त भए नभएको भन्ने कुरामा चिन्ता प्रकट गरेको सुनिन्छ । दुर्घटनापछि उक्त चोरको ज्यान गएको अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement