ठक्कर खाएपछि कमल थापाले राजसंस्था सम्झिए, भ्रष्टाचार बढेकाले राजसंस्था चाहिएको भनाई

Advertisement

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता र औचित्य झनै बढेर गएको बताएका छन् । देशमा भ्रष्टाचार बढ्दै दाबी गर्दै गएको भन्दै उनले सरकारले जनमुखी हुन नसकेको अवस्थामा राजसंस्थाको आवश्यकता र औचित्य झनै बढेर गएको बताए ।

दोस्रो संविधानसभा निर्वाचनमा राजसंस्था र हिन्दुराज्य पुनस्थापनाको एजेण्डा बोकेका कारण आफ्नो पार्टीको पक्षमा राम्रो मत बटुल्न सफल भएका थापाले पछि सत्तामा पुग्ने तीन एजेण्डाहरु परित्याग गरेका थिए । मुल एजेण्डा छोडेकै कारण गएका निर्वाचनहरुमा उनको पार्टीले लज्जास्पद पराजय भोग्नुपरेको थियो ।

शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा भने उनले भ्रष्टाचार बढेकाले राजसंस्था फेरि चाहिएको बताए । राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा रहेको भन्दै उनले भने, ‘एजेन्डा स्पष्ट नपारेसम्म पशुपतिशमशेर राणाजीसंग वार्ता स्थगित गरिएको छ । नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा कांग्रेस र कम्युनिस्टको विकल्पमा उभिएको फरक विचार र फरक मार्गचित्र सहितको अलग्गै पार्टी हो, कसैले भाइ कांग्रेस वा भाइ कम्युनिस्ट नठानोस् । कसैलाई भाइ बन्न मन भए बने हुन्छ तर राप्रपा आफ्नो एजेन्डा र मार्गचित्रमा स्पष्ट र दृढ छ ।’

पार्टीको हिन्दु राष्ट्र पुनःस्थापना जनजागरण अभियानको क्रममा सहभागी हुन अध्यक्ष थापासहितका नेताहरु पोखरा आएका हुन् । नेता थापाले निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम हुने र सरकारको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रीत हुने जनअपेक्षा भएपनि उत्साहित हुने अवस्था नरहेको बताए ।

उनले भने, ‘ सरकार गठनको शुरुआती दिनमा केही सुधारका काम गर्ने संकेत देखिएपनि परिणाम केन्द्रीत नहुँदा आशंका बढेर गएको छ ।’ यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्य गर्ने, बहुचर्चित ३३ केजी सुनकाण्ड, समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कारबाही गर्नेलगायतबारे सरकारले चर्चा अनुरुप काम गर्न नसकेको थापाको भनाई थियो ।

Advertisement

Advertisement

Advertisement