चिलिमे हाइडोपावरको नाफा ९३ करोड ८७ लाख, प्रतिसेयर आम्दानी घट्यो

Advertisement

काठमाडौं। चिलिमे हाइडोपावरले गत आर्थिक बर्षमा ९३ करोड ८७ लाख रुपियाँ नाफा गरेको छ। कम्पनीको उक्त नाफा अघिल्लो आवको भन्दा १६ लाख ७१ हजार रुपियाँले मात्रै बढि हो। कम्पनीले अघिल्लो आवमा ९३ करोड ७१ लाख रुपियाँ नाफा थियो।

गतवर्ष विद्युत बिक्रीबाट कम्पनीले एक अर्ब १३ करोड रुपियाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५ करोड ५८ लाख रुपियाँले कम हो। अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी एक अर्ब १९ करोड रुपियाँ थियो।

विद्युत बिक्रीबाट प्राप्ट आम्दानीमा ठुलो गिरावट आए पनि बैंकमा राखिएको निक्षेपको व्याज आम्दानी बढ्दा कम्पनीको नाफामा धेरै गिरावट आएन। कम्पनीको यस्तो आम्दानी ७३ प्रतिशतले बढेर ६ करोड ८२ लाख रुपियाँ पुगेको छ। यसका साथै कम्पनी प्रसासनिक र ह्रासकट्टि तर्फको खर्चमा पनि पहिले भन्दा केही मितव्यायी देखिएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९६ करोड रुपियाँ छ भने जगेडा कोषमा ४ अर्ब ९८ करोड रुपियाँ जम्मा भएको छ। गत आवमा कम्पनीको प्रति सेयर आम्दानी २८ रुपियाँबाट घटेर २३ रुपियाँमा खुम्चिएको छ ।

कम्पनीले पछिल्लो चरणमा आफ्नै अगुवाइमा सान्जेन जलविद्युत आयोजनाका १४.८, ४२.५ मेगावाट क्षमताका दुर्इ वटा आयोजना र १ सय २ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत आयोजना निर्माण निर्माण गरिरहेको छ ।

त्यस्तै कम्पनीले ४२० मेगावाट क्षमताको बुढीगण्डकी प्रोक जलविद्युत आयोजना, १६५ मेगावाट क्षमताको सेती नदी ३ जलविद्युत आयोजना र ६० मेगावाट क्षमताको स्यार खोला जलविद्युत आयोजनाको लाइसेन्स प्राप्त गरि प्रारम्भिक कार्य अगाडी बढाएको छ।

Advertisement

Advertisement

Advertisement