गाईको गोबरबाट फेसनेबल ड्रेस तयार पार्ने महिलाले पाइन् दुई लाख डलरको अवार्ड

Advertisement

एजेन्सी। नेदरल्याण्डको जलिला एसाइदी नाम गरेकी एक महिलाले गाईको गोबरबाट कपडा बनाउन सफल भएकी छिन् ।

गोबरलाई फोहोर दुषित र गन्हाउने भन्नेहरुका लागि एसाइदीको कपडाले चकित बनाएको छ । उनी भन्छीन् हामीले गोबरमा रहेको सेल्युलोजको सुन्दरता संसारमा देखाउनुपर्छ । एसाइदी १५ जना किसानसंग मिलेर यो प्रोजेक्टमा काम गरीरहेकी छिन् । गोबरबाट सर्ट र टप तयार गरिएका छन् ।

कपडा खुद्रा विक्रेता एचएण्डएमका कम्युनिकेशन म्यानेजर मालिन बोर्नका अनुसार संसारभरी हरेक बर्ष प्राकृतिक स्रोतसाधनको प्रयोग बढी भइरहेको छ । त्यसकारण चाडै त्यस्तो तरीका अपनाइयोस् जहाबाट आवश्यक सामाग्री पुन प्राप्त गर्न सकियोस् । कपासको मात्र भरोसामा बस्न नसकिने बताए । धेरै कपडा निर्माताले एसाइदीलाई मेस्टिकबाट कपडा बनाउन विश्वास दिएका छन् । यस प्रोजेक्टमा काम गर्ने किसानहरुले यसबाट बनेको कपडा लगाउन कुनै आपत्ति नभएको बताए ।
जलिला एसाइदीका अनुसार सेल्युलोज बनाउने प्रक्रिया केमिकल र मेकानिकल हुन्छ । ‘हामी जुन गोबर र गहुँत पाउँछौं, त्यसमा ८० प्रतिशत पानी हुन्छ । गिलो र सुकेको भागलाई अलग्गाइन्छ । गिलो भागमा गाइले खाने घाँस र मकै हुन्छ ,’ उनी भन्छिन्, ‘सामान्य कपडा उद्योगभन्दा हाम्रो प्रक्रिया निकै राम्रो छ किनभने गाईको पेटबाट फाइबर नरम बनेर आएको हुन्छ । यो ऊर्जा बचत गर्ने तरिका पनि हो । वैज्ञानिकले यो प्रक्रियाबाट पाइने सेल्युलोज उच्च प्रविधियुक्त हुने बताएका छन् ।

उनले यस कामको लागि 'चिवाज भेन्चर एण्ड एचएण्डएम फाउन्डेशन ग्लोबल अवार्ड' र दुई लाख डलरको पुरस्कार पाएकी छिन् ।

Advertisement

Advertisement

Advertisement