साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट, व्यापार र होटल समूहमा भने सामान्य सुधार

Advertisement

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसुचक नेप्से १६ दशमलव ६९ अंकले घटेर एक हजार १६४ अंक कायम भएको छ । बाणिज्य बैंकहरुसहित वित्तीय क्षेत्रका कम्पनीहरुको सेयर घट्दा नेप्सेमा भारी गिरावट भएको हो ।

आज कारोबारमा सामान्य सुधार भए पनि परिसुचक दोहोरो अंकले घट्दा बजार सुधार आउने आशामा बसेका लगानीकर्ता निराश भएका थिए । लामो समयदेखि लगातारजस्तो घट्दै आएको बजारमा सुधार आउनुको सट्टा घट्ने क्रम तीब्र हुने देखिएको छ ।

आज होटल र ब्यापारबाहेक सबै समूहको सुचकहरुमा गिरावट भएको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सुचक एक दशमलव १८ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा समूह तीन दशमलव ३५ प्रतिशतले घटेको छ भने लघुवित्त समूहको गिरावट दुई प्रतिशतभन्दा बढि छ ।

आज करोडभन्दा बढि कारोबार गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनी छन् । नेपाल लाइफको तीन करोड ७१ लाख कारोबार भएको छ भने नेपाल इन्स्योरेन्सको एक करोड आठ लाखको कारोबार भएको छ ।

Advertisement

Advertisement

Advertisement