एनआइसी एसिया र जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंक र जनरल इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले उसका शाखाहरुका शाखाहरुबाट सहजरुपमा जनरल इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र इन्स्योरेन्स कम्पनीको महाप्रबन्धक एसके टमोटले हस्ताक्षर गरे । एनआइसी एसियाको मुलुकभर २३७ शाखा, २२९ एटिएम, १४ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement