बजाज पल्सर १५० टिडि आयो नेपाली बजारमा, मूल्य दुई लाख ५६ हजार

Advertisement

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्क नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।

दुई वटा डिस्क ब्रेक, सार्प डिजाइन र विभिन्न तीन कलर भेरिएन्टमा उपलब्ध यो मोटरसाइकल कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम रंगमा छन् । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।

नयाँ बजाज पल्सर १५० टिडि (टुइन डिस्क)मा ड्यूल डिस्क ब्रेक दिइएको छ । साथै युवाहरुलाई आकर्षित गर्न बाइकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ ।

एचएच बजाजका अनुसार युवा पुस्ता लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस फुटपेज राखिएको छ । स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ह्वील बेस समेत बढाइएको कम्पनीले जनाएको छ ।

पल्सर १५० टिडिमा पछाडिको टायर मोटो रहेको छ । एकसय २९ एमएमको रियर टायर दिइएको छ । बाइकमा मस्कुलर लुक दिइएको छ । पल्सर १५० ट्वीन डिस्कमा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ ।

यस बाइकमा दुईवटा भल्भ जडान गरिएको भन्दै एचएच बजाजले यसमा लगाइएको ट्वीन स्पार्क मोटरले आठ हजार आरपीएममा १४ बीएचपी पावर र छ हजार आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । यसमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की रहेको छ भने यो पाँच गिएरमा उपलब्ध छ ।

पल्सर १५० ट्वीन डिस्कमा अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको जनाउँदै कम्पनीले नेपाली बजारमा बजाज पल्सर १५० ट्वीन डिस्कको मूल्य दुई लाख ५५ हजार ९०० रुपियाँ तोकिएको जनाएको छ ।

हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा भन्छन्, ‘प्रडक्टको डिजाइन, क्वालीटी र उत्कृष्ट इन्जिन टेक्नोलोजिले गर्दा बजाजका मोटरसाइकल धेरैको प्रथम रोजाईमा परेको हो । बजाजले जसरी आफ्ना उत्पादनमा प्रविधिको प्रयोग गरिरहेको छ । त्यसले सधै आफूलाई अब्बल प्रमाणित गर्दै आएको छ । बजाजको लिगेसीलाई यो पल्सर १५० टुइन डिस्कले क्यारी गरेको छ । साथै यो पल्सर परिवारमा नयाँ थपिएको मोडल हो । साथै, यो सेग्मेन्टमा नै अत्यन्त नयाँ उत्पादन हो । हामीलाई विश्वास छ पल्सर १५० टुइन डिस्कले चालकको एक्स्पेक्टेसन पुरा गर्ने छ ।

Advertisement

Advertisement

Advertisement