जीएमइ रेमीट माछापुच्छ्रे बैंकको सुपर एजेण्ट

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले जीएमइ रेमीटलाई बैंकको सुपर एजेण्टको रुपमा नियुक्त गरेको छ । सम्झौता पश्चात एमबीएल रेमीटको भुक्तानी जीएमइको ७००० भन्दा बढी एजेण्टहरु बाट हुनुका साथै जीएमइको भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमइ रेमीटका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलले हस्ताक्षर गर्नुभयो ।

यो सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र एपबीएल रेमीट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु तथा जीएमइका एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११० स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement