शेरबहादुर सरकारलाई जित्नेगरी ओली सरकार आफूनिकटकालाई करोडौं आर्थिक सहायता बाँड्दै

Advertisement

काठमाडौं । सरकारले माापदण्ड र अधारबिनै आफू निकटलाई राज्यकोषबाट करौडौँ रुपियाँ आर्थिक सहायता वितरण गरेको छ । तीन लाखदेखि २० लाख रुपियाँसम्म सहायता वितरण गरिएको छ ।

आर्थिक सहायता कार्याविधिमा पाँच लाखभन्दा बढी दिन पाइँदैन । मन्त्रालयगत तहबाट वितरण भएका रकम भने यसमा समावेश छैन । मन्त्रालयहरुले आफूनिकटका संस्थालाई दुई करोडभन्दा बढी रकम वितरण गरेका छन् ।

राज्यकोषबाट चार करोडभन्दा बढी रकम वितरण भईसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नौँ महिनामा २९ करोड रुपियाँ सहायता वितरण गर्दा सर्वत्र आलोचित भएको थियो

आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement