कञ्चनपुरमा तटबन्ध निर्माण

Advertisement

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ रौटेलामा रहेको अमर सामुदायिक वनले खहरे खोला नियन्त्रण गर्न ६० लाख रुपियाँ को लागतमा तटबन्ध निर्माण गरेको छ ।

सामुदायिक वनले दाउरा, घाँसपात र ढुङ्गा बिक्री गरेर आउने रकमबाट त्रिशूली र रौटेला खोलामा एक हजार मिटर लम्बाइको तटबन्ध निर्माण गरेको हो ।

खोलाले गर्दै आएको भूक्षय रोक्नका लागि तटबन्ध निर्माण गरेका छौं सामुदायिक वनका अध्यक्ष मोहनबहादुर चन्दले भने, “जसबाट एक सय ५० बढी परिवार सुरक्षित भएका छन् ।” वडा नं ९ र वडा नं ६ का बासिन्दाको जग्गा जोगाउनका लागि तटबन्ध निर्माण गरिएको छ ।

तीन सय १५ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा चार सय ९५ उपभोक्ता आश्रित रहेका छन् । सामुदायिक वनले वन जोगाउनका लागि वि.सं २०६५ देखि खुला चरिचरन नियन्त्रण गरेको छ ।

पर्यटकलाई लोभ्याउनका लागि वन क्षेत्रमा वनभोजस्थलसमेत निर्माण गरिएको छ । दैनिक ५० देखि तीन सय सम्म युवायुवती वनभोज मनाउनका लागि यहाँ पुग्ने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement