एसबिआई बैंकको नाफा १ अर्ब ८९ करोड, २० प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड ले गत आर्थिक वर्ष २०७४।७५ मा १ अर्ब ८८ करोड ६८ लाख रुपियाँ बराबरको खुद नाफा कमाएको छ। बैंकको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १९ दशमलव ९२ प्रतिशतले बढि हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ५७ करोड ३ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

गत आवमा बैंकको चुक्ता पूँजी १६ दशमलव २० प्रतिशतले वृद्धि भइ ८ अर्ब ४ करोड ६९ लाख रुपियाँ पुगेको छ । अघिल्लो बर्ष बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड रुपियाँ रहेको थियो । बैंकले जगेडा कोषमा ४ अर्ब ७४ करोड ८७ लाख रुपैयाँ राखेको छ ।

सोही अवधिमा बैंकले ८४ अर्ब २१ करोड ६४ लाख रुपियाँ निक्षेप संकलन गरी कर्जामा ७५ अर्ब ८८ करोड ५६ लाख रुपियाँ कर्जा लगानी गरेको छ ।

बैंक को खुद व्याज आम्दानी ३७ दशमलव ३४ प्रतिशतले बढेर ४ अर्ब १२ करोड ८८ लाख रुपियाँ पुगेको छ भने सञ्चालन मुनाफा २८ दशमलव ३४ प्रतिशतले वृद्धि भई २ अर्ब ८४ करोड ८२ लाख रुपियाँ पुगेको छ । बैंकले खुद व्याज आम्दानी तथा संचालन मुनाफा बढाएको हुदाँ खुद मुनाफा पनि वृद्धि देखिएको हो ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव २० प्रतिशत, पुँजीकोष अनुपात १५ दशमलव २६ प्रतिशत, प्रतिसेयर आम्दानी २३ रुपियाँ ३२ पैसा, , प्रतिशेयर नेटवर्थ १ सय ५९ दशमलव ०१ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ०१ प्रतिशत रहेको छ ।

एनएफआरएस अनुसार बैंकले गत आवमा १ अर्ब ३४ करोड लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख गरेको छ । अघिल्लो बर्ष बैंकको खुद नाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको थियो । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार नियामकीय व्यवस्था अन्तर्गत ५४ करोड ६३ लाख छुट्याएको छ ।

Advertisement

Advertisement

Advertisement