माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ३० करोड

Advertisement

काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडको खुद मुनाफा गत आर्थिक वर्ष २०७४/७५ मा अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९५ प्रतिशतले घटेको छ । बैंकको खुद मुनाफा अघिल्लो वर्ष १ अर्ब ३९ करोड ४२ लाख रुपियाँ रहेकोमा यस वर्ष घटेर १ अर्ब २९ करोड ७३ लाख रुपियाँ भएको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकको चुक्ता पूँजी ७ अर्ब ७१ करोड रुपियाँरहेकोमा गत आर्थिक वर्षमा बैंकले ४ दशमलव ३९ प्रतिशतले वृद्धि गरी ८ अर्ब ५ करोड ५६ लाख रुपियाँ पुर्याएको छ । बैंकले जगेडा कोषमा २ अर्ब ७२ करोड ६१ लख रुपियाँ राखेको छ । बैंकले ७२ अर्ब ४७ करोड ४७ लाख रुपियाँ निक्षेप संकलन गरी ६५ अर्ब ८ करोड १ लाख रुपियाँ कर्जा लगानी गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी १२ दशमलव ३४ प्रशितले बढेर २ अर्ब ७३ करोड ७ लाख रुपियाँ पुगेको छ भने सञ्चालन मुनाफा शुन्य दशमलव ६९ प्रतिशतले वृद्धि भई १ अर्ब ८७ करोड रुपियाँ पुगेको छ । बैंकको अन्य संचालन मुनाफा ९८ प्रतिशतले घटेको हुदाँ खुद मुनाफामा असर देखिएको हो ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३८ प्रतिशत, पूँजीकोष अनुपात १५ दशमलव ६० प्रतिशत, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ १ सय २७ दशमलव १७ रुपैयाँ र तरलता अनुपात २५ दशमलव २६ प्रतिशत रहेको छ ।

एनएफआरएस अनुसार बैंकले गत आर्थिक वर्षमा एक अर्ब २९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख गरेको छ । अघिल्लो बर्ष बैंकको खुद नाफा एक अर्ब ३९ करोड ४२ लाख रहेको थियो ।

Advertisement

Advertisement

Advertisement