मुलुककै लामो केबलकारको डीपीआरलाई स्वीकृति, ३४ अर्ब लागत, ७५ किमि लामो

Advertisement

काठमाडौं । लगानी बोर्डले मुलुककै लामो केबलकार निर्माण गर्नका लागि मुक्तिनाथ दर्शन प्रालिलाई आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आुमति दिएको छ । कम्पनीले ७५ किलोमिटर दूरीको केबलकार निर्माण परियोजनाको प्रतिवेदन तयार गर्नका लागि बोर्डबाट अनुमति पाएको हो ।

बोर्डको अनुमति पश्चात कम्पनी र बोर्डबीच डीपीआर तयारीका लागि समझदारी (एमओयु) गरिने भएको छ । दुईपक्षिय समझदारीको खाकामा रायका लागि बोर्डले भौतिक, पूर्वाधार तथा यातायात मन्त्राय र संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयलाई पठाएको छ ।

३४ अर्ब रुपियाँ लगानीमा आयोजना निर्माणका लागि मुक्तिनाथ दर्शन कम्पनीले प्रस्ताव स्विकृत गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । केहि दिनमै बोर्ड र कम्पनीबीच एमओयु हुने उनले जानकारी दिए ।

डिपिआर निर्माणका लागि समझदारी गर्नु अघि कम्पनीले चार करोड रुपियाँ बैंक ग्यारेन्टि देखानुपर्ने छ । कम्पनीले बैंकग्यारेन्टि जम्मा गर्न थालिसकेको तथा डिपिआर निर्माण खर्च कम्पनीले व्यहोर्ने अधिकृत अधिकारीले बताए ।

वातावरण प्रभाव मुल्यांकन र आयोजनाको डिपिअरका लागि लगभग २५ करोड रुपियाँ खर्च हुने कम्पनीले जनाएको छ । आफुहरु एमओयुको अन्तिम तयारीमा रहेको र सबै प्रकृया पूरागरी केही दिनमै समझदारीपत्रमा हस्ताक्षर गर्ने कम्पनीका एक सञ्चालकले जानकारी दिए ।

कम्पनीले उक्त आयोजनाको निर्माणको लागि पाँच वर्ष अघि नै अनुमति मागेको थियो । तर बोर्डले केहिसमय अघिमात्र अनुमति दिएको कम्पनीले जनाएको छ । आयोजनाको ‘प्रोटो म्याप’मा करिब ८३ किलोमिटर दुरी देखिने केबलकारको वास्तविक दुरि ७५ किलोमिटरको हुनेछ ।

पोखराको नयाँ पुलदेखि मुस्ताङको र मुक्तिनाथको बीचमा पाँच वटा स्टेसन तयार गरी केबलकार सञ्चालन गर्ने कम्पनीको प्रस्ताव छ । लामो र भौगोलिक संसचनाका कारण एउटै स्टेसनबाट केबलकार सञ्चालन गर्न संभव नहुने भएकाले विभिन्न पाँच ठाउँमा स्टेसनसहितको केबलकार बनाउने कम्पनीले तयारी गरेको हो ।

आयोजनाका लागि इक्विटी सेयरधनीहरुबाटै वित्तिय व्यवस्थापन गर्ने र बाँकि रकम वैदेशिक ऋणबाट व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ । कम्पनीको जारी पुँजी ८५ करोड रुपियाँ र चुक्ता पुँजी पाँच कवरोड रहेको छ । कम्पनीले सञ्चालक थप गरी चुक्ता पुँजी बढाएर १५ करोड रुपियाँ पुर्याउने जनाएको छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अरुणकुमार सुवेदी रहेका छन् । उनीसँगै सञ्चालक समितिमा पुजनराज रेग्मी र राजेन्द्र प्रधान रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत भने पूर्व सचिव श्रीधर सापकोटा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement