महालक्ष्मी बैंकले ल्यायो आवास तथा शिक्षा कर्जा योजना

Advertisement

काठमाडौं । महालक्ष्मी बिकास बैंकले आवास, शिक्षा तथा अन्य क्षेत्रमा साना तथा मझौला कर्जा योजना ल्याएको छ ।

बैंकले १२ दशमलव ९९ प्रतिशत वार्षिक व्याजदरमा २० वर्षसम्मको किस्ता अवधि सहितको शैक्षिक तथा आवास कर्जा योजना ल्याएको हो ।

बैंकको उक्त कर्जा योजनामार्फत घर कर्जामा पाँच लाख रुपियाँदेखि पाँच करोड रुपियाँसम्म तथा शैक्षिक कर्जामा पाँच लाख रुपियाँदेखि एक करोड रुपियाँसम्मको कर्जा दिने भएको छ ।

महालक्ष्मी शैक्षिक कर्जामा स्वदेश तथा विदेशमा अध्ययन गर्नका लागि विद्यार्थिलाई अथवा विद्यार्थिको अविभावकलाई कर्जा उपलब्ध गराउने भएको छ । यो योजना अन्तर्गत पहिलो पाँच वर्षसम्म मात्र व्याज भुक्तानी बुझाए पुग्ने बैंकले जनाएको छ ।

बैंकले मुलुकका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा गरी ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा माथि रहेको दावी गरेको छ ।

Advertisement

Advertisement

Advertisement