विपद् व्यवस्थापनका लागि एकीकृत नीति निर्माण हुन्छः मुख्यमन्त्री राउत

Advertisement

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार विपद् व्यवस्थापनका लागि एकीकृत नीति निर्माणको गृहकार्य गरिरहेको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी धनुषाद्वारा सोमबार यहाँ आयोजित प्रदेश स्तरीय विपद् प्रतिकार्य योजना विषयक गोष्ठीमा उनले सो कुरा बताए ।

मुख्यमन्त्री राउतले एकीकृत योजनाको अभावले विपद् व्यवस्थापनको कार्य प्रभावकारी हुन नसकेको चर्चा गर्दै एकीकृत नीति निर्माणपछि विपद् व्यवस्थापनको कार्य प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

विगतमा विपद् व्यवस्थापन सन्दर्भमा आएका राहत सामग्रीको वितरण कार्य सन्तोषजनक हुन नसकेको उल्लेख गर्दै उनले भएका कानूनलाई व्यवहारमा ल्याउन नसक्नु सम्बन्धित निकायको ठूलो कमजोरी रहेको धारणा व्यक्त गरे ।

रेडक्रस धनुषाका सभापति नरेश सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्रकुमार सोनार, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, पूर्व सांसद डा विजयकुमार सिंह, जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैतले विपद् व्यस्थापन कार्यमा सामूहिक प्रयासको खाँचो औंल्याए ।

Advertisement

Advertisement

Advertisement