सुत्केरीलाई कुखुराको भाले र एक माना ध्यू

Advertisement

धनकुटाः पाख्रिबास नगरपालिकाले सुत्केरी महिलाको पोषणयुक्त खानपिनलाई मध्यनजर गरेर सुत्केरीसँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ ।

यही साउनदेखि सुरु गरिएको यो कार्यक्रमअन्र्तगत सुत्केरी महिलाको घरमै पुगेर जनप्रतिनिधिले नगरपालिकाको तर्फबाट कुखुराको भाले, एक माना घिउ, दाल, चनालगायतका पौष्टिक खाना र आमाका लागि न्यानो झोला दिने गरिएको छ ।

स्वास्थ्य कार्यकर्ता, वडासचिवसहितको टोली सुत्केरीको घरमै पुगेर जन्मदर्ता र आमाको स्वास्थ्य परीक्षण पनि गर्छौ, मेयर बिर्खबहादुर राईले भने, आर्थिक अवस्था हेरे पाँच सयदेखि हजार रुपियाँसम्म सहयोग पनि गर्ने गरेका छौँ ।

आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement