विद्युत प्राधिकरणको नाफा ह्वात्तै घट्यो, नाफा बढ्नुपर्नेमा ५० करोडले कमी

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा ह्वात्तै घटेको छ । अघिल्लो आर्थिक बर्ष २०७३।७४ मा एक अर्ब १५१ करोड रुपियाँ नाफा गरेको प्राधिकरणले गएको आर्थिक बर्ष २०७५।७५ मा भने एक अर्ब मात्रै नाफा भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणले प्रारम्भिकरुपमा एक अर्ब एक करोड रुपियाँ नाफा देखिएको भन्दै तर अन्तिम लेखापरीक्षणसम्म यो बढ्नसक्ने बताएको छ । गएको आर्थिक बर्षमा प्राधिकरणको सञ्चालन मुनाफा सात अर्ब ८६ करोड रुपियाँ रहेकोमा खर्च घटाउँदा नाफा एक अर्बभन्दा बढि देखिएको जनाइएको छ ।

महशुल वृद्धिका साथै चुहावटमा केही कमि आएपछि प्राधिकरणले नाफा कायम राख्न सफल भएको हो । भारतबाट विद्युत आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयन जस्ता कुरालाई पनि प्राधिकरणले नाफा आर्जनको कारणको रुपमा दर्साएको छ ।

प्राधिकरणको संचित नोक्सानी अझै २८ अर्ब १२ करोड रुपियाँ रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करिब दुई अर्ब ५० करोड रुपियाँ हुने प्रक्षेपण गरे संस्थालाई नाफामा लान सकेको तर्क गरेका छन् ।

उनले प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएको भन्दै आफूले जिम्मेवारी सम्हाल्दा संस्था आठ अर्ब ८९ करोड रुपियाँ वार्षिक घाटामा रहेकोमा सबैको सहयोगले अघिल्लो आवमा राम्रो नाफा गर्न सके पनि गएको आवमा राम्रो नाफा गर्न नसकिएको स्वीकार गरे ।

Advertisement

Advertisement

Advertisement