स्वयंवरको औँठी किन साइली औँलामा मात्र लगाइन्छ ?

Advertisement

एजेन्सी । विवाह संकरणमा विवाहअघि स्वयंमवर गर्ने चलन छ । स्वयंवर गर्दा सधै औँठी साहिँली औँलामा मात्र लगाइने गरेको देख्नु भएको होला ? स्वयंवरको औँठी किन साइली औँलामा मात्र लगाइन्छ ?

रोम सभ्यताको अनुसार साहिँली औँलाबाट एउटा स्नायु सिधै मुटुसम्म पुगेको हुन्छ भन्ने मान्यता छ। त्यसैले औँठी आफुले लगाउन वा प्रियतमलाई लगाइदिनका लागि यहीँ साहिँली औँलाको प्रयोग गर्ने चलन रोम सभ्यताको सुरुवात देखि नै चलिआएको हो। यो सबैभन्दा पूरानो र लोकप्रिय मान्यता हो।

चिनिया मान्यता अनुसार हाम्रो हातका हरेक औँलाले कुनै एक सम्बन्ध दर्शाउँछन् । सोही अनुरुप हातको साहिँली औँला आफ्नो पार्टनरका लागि समर्पित हुन्छ । त्यस्तै बुढी औँला आमाबुवाका लागि, चोर औँला भाइ बहिनीका लागि, माझी औँला आफ्नै लागी र कान्छी औँला आफ्ना सन्तानका लागि भएको मान्यता चीनमा छ।

Advertisement

Advertisement

Advertisement