प्राइम कमर्सियल बैंकको नाफा २८ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं। प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा एक अर्ब ८९ करोड रुपियाँ नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ४६ करोड रुपैयिा नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ३४ प्रतिशतले बढेर २ अर्ब ५६ करोड रुपियाँ पुगेको छ। व्याज आम्दानी ६२ प्रतिशतले बढ्दा व्याज खर्च भने ७८ प्रतिशतले बढेको छ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८१ अर्ब ३१ करोड रुपियाँ निक्षेप संकलन गरी ६९ अर्ब ७० करोड रुपियाँ ऋण लगानी गरेको छ।

चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपियाँ रहेको बैैकको जगेडा कोषमा तीन अर्ब २९ करोड रुपियाँ रहेको छ। यसैगरि बैंकको पूँजी कोष अनुपात १३.२८ प्रतिशतबाट १२.५४ प्रतिशतमा झरेको छ।

बैंकको खराव कर्जामा सुधार भएर ०.६६ प्रतिशतमा झरेको छ। आधार व्याजदर पनि घटेर १०.४७ प्रतिशतमा पुगेको छ। बैंकको स्प्रेड दर ०.८७ प्रतिशत बिन्दुले बढेर ४.३२ प्रतिशत पुगेको छ। बैंकको प्रति शेयर आम्दानी २३ रुपियाँ छ।

Advertisement

Advertisement

Advertisement