नागढुंगा सुरुङमार्ग निर्माण गर्न १६ अर्बको अन्तर्राष्ट्रिय ठेक्का प्रस्ताव माग

Advertisement

काठमाडौं । कोठमाडौं प्रवेश गर्ने र बाहिने सबैभन्दा ब्यस्त नाका नागढुंगामा सवारीसाधनको सहजताका लागि सुरुङमार्ग बनाउन करिब १६ अर्ब रुपियाँ लागतको ठेक्काका लागि अन्तर्राष्ट्रिय प्रस्ताव माग गरिएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले ६० दिनको समय सिमासहितको अन्तर्राष्ट्रिय ठेक्काको लागि प्रस्ताव माग गरेको हो ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)को ऋण सहयोगमा र्दुइ दशमलव ६८ किलोमिटर लामो सुरुङमार्ग निमार्णका लागि अन्तर्राष्ट्रिय ठेक्काको प्रस्ताव माग गरिएको विभागका इन्जिनियर छविलाल पौडेलले जानकारी दिए ।

खुला प्रतिस्पर्धाको माध्यमबाट छनोट गरिने ठेकेदारका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कम्पनीले भाग लिन पाउने इन्जिनियर पौडेलले बताए । महाशाखाले असोज २३ गतेसम्मको समयसिमा दिएर शुक्रबार ठेक्का प्रस्तावको सुचना जारी गरेको छ । उक्त प्रस्ताव अनुसार ठेक्का प्राप्त गर्ने निर्माण कम्पनीले तोकिएको मापदण्ड अनुसार सुरुङमार्गको दुवैतर्फको बाटो बनाउनुपर्नेछ ।

नेपाल सरकारसँग यस अघि भएको सहमतिअनुसार जाइकाले १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपियाँ) आगामी ४० वर्षका लागि शुन्य दशमलव १० प्रतिशतको सहुदियतपूर्ण ब्याजदरमा ऋण सहयोग गरेको हो । सोहि ऋणलाई नेपाल सरकारले उक्त सुरुङमार्ग निर्माणमा खर्च गर्ने गरी प्रक्रिया अघि बढाएको हो ।

Advertisement

Advertisement

Advertisement