सुबिसुको सेल्स आउटलेट ‘सुबिसु स्टेसन’ कलंकीमा

Advertisement

काठमाडौं । सुबिसु केवलनेटले आफ्नो पाचौं सेल्स आउटलेट ‘सुबिसु स्टेसन’ काठमाडौंको कलंकीमा सञ्चालनमा ल्याएको छ । सो स्टेसनको उद्घाटन कम्पनीका सञ्चालक सुरेन्द्रबहादुर श्रेष्ठले उद्घाटन गरेका हुन् ।

सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिकाग्राहकहरुलाई सुबिसुको सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदानगर्ने, सेवाहरुको बिक्री तथा वितरणका साथै सेवा पछिको ग्रहक सहयोगका लागि आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यससँगै सुबिसुको स्टेसनहरु ललितपुरको झम्सीखेल, काठमाडौंको रानीबारी, सुकेधारा, दिल्लीबजार र कलंकीमा छन् ।

हाल सुबिसुले डिजिटल टेलिभिजन सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइजेज इन्टरनेट, इन्ट्रानेट, डाटा सोलुसन वायरलेस नेटवर्क सेवा जस्ता सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कम्पनीको आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापनागर्ने योजना रहेको छ ।

Advertisement

Advertisement

Advertisement