‘आजभन्दा २० बर्षअघि मेरै पालामा भारतले जलमार्ग दिन्छु भनेको हो’

Advertisement

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले आगामी ३० देखि ४० वर्षभित्र भारत महाशक्ति राष्ट्रमा पुग्ने भन्दै भारत महाशक्ति राष्ट्र बन्नु नेपालको लागि पनि खुशीको कुरा हुने बताएका छन् ।

रिपोर्टर्स क्लवमा सोमबार उनले थपे, ‘एकातिर चीन र अर्कोतिर भारत छ, भारत र चीनजस्तो ठूला–ठूला अर्थतन्त्र भएका देशका बीचमा नेपाल रहनु सौभाग्यको कुरा हो ।’ भारत आउने ३० देखि ४० वर्षभित्र अमेरिका र चीनजस्तै महाशक्ति राष्ट्र बन्ने भएकाले भारतसँग नेपालले समझदारी कायम गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

लोहनीले भारत र नेपालबीच सम्बन्ध भएपनि आर्थिक सम्बन्ध चाहीँ असन्तुलन रहेको उनको गुनासो छ । उनले भने, ‘हाम्रो कार्यपद्धतीले गर्दा व्यापार घाटा धेरै छ । नेपालले दक्ष जनशक्ति एक्सपोर्ट गरिरहेको छ । र, चीन र भारतबाट समानहरु इम्पोर्ट गरिरहेको छ ।’

भारतले पनि अब उद्योग तथा उत्पादनमुलक क्षेत्रमा कसरी अघि बढ्न सकिन्छ ? भनेर नेपाललाई सहयोग गर्नुपर्छ भन्दै लोहनीले नेपालमै रोजगारी बढाउनेबारे ओलीजी नेतृत्वको सरकारले विचार पुर्याओस् भने ।

नेपालमा प्रशस्त पानी भएकोले पानीको उपभोग पनि दुवै देशलाई लाभ हुनेगरि अगाडि बढाउनुपर्ने लोहनीको भनाई छ । उनले भने, ‘आजभन्दा २० वर्ष पहिले मेरै पालामा भारतले नेपाललाई वाटर ट्रान्सपोर्ट दिन्छौं भनिसकेको थियो । बंगलादेशसँगको सिधा पहुँचको लागि पनि भारतले वाटर ट्रान्जिट दिनेबारे त्यतिवेला नै सहमति दिएको थियो ।’ नेपाल–भारत सुरक्षाबारे पनि बोर्डरहरु नियमनदेखि सुरक्षासम्बन्धी भारतका जायज चासोलाई नेपालले सम्बोधन गर्नुपर्ने लोहनीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement