जालसाजी गरेको भन्दै हिमालयन बैंकसँग मेलेसियन म्याक्स मनिको तीन अर्बको विगो दावी

Advertisement

काठमाडौंः म्याक्स मनि एसडीएचडीले हिमालयन बैंकसँग तीन अर्ब रुपियाँ बिगो दावी गरेको छ । नेपालमा म्याक्स मनिका लगानीकर्ता अब्दा हमिदले सोमबार पत्रकार सम्मेलन गरेर सन् २०११ देखि २०१६ सम्म हिमालयन बैंकले झुठो विवरण पेशगरि तीन अर्ब बढि रकम भुक्तानी पेश गरेको आरोप लगाउँदै उक्त बिगो दाबी गरेको जानकारी दिए ।

हमिदले विगत २० वर्षदेखि कारोबार गर्दै आएको यस कम्पनीमा झुठो बिवरण पेश गरेर तीन अर्ब रुपियाँ हिनामिना भएको दाबी गरेको बताउँदै म्याक्स मनीले आफ्नो प्रतिष्ठामाथि आँच आएको बताए । भ्रमका पछि नलाग्न उनले समग्र सेवाग्राहीलाई आग्रह पनि गरे ।

मेलेसियन कम्पनी म्याक्स मनि एसडीएचडीलेका लगानीकर्ता अब्दा हमिदले राष्ट्र बैंकमा आफूले यसका बारेमा निवेदन दिएको बताए । उनले भने, ‘हामीले कारबाहीका लागि राष्ट्र बैंकसँग आग्रह गरेका छौं । यदि राष्ट्र बैंकले हाम्रो समस्यालाई समाधान गर्न सकेन भने हामी अदालतमा जान्छौं । अदालती बाटोबाट न्यायको फैसला हुन्छ ।’

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘हिमालयन बैंकले म्याक्स मनिसँग स्वनिर्मित पिन नम्बर पेश गरि बढि रकम र कमिशन दाबी गरेको, म्याक्स मनिलाई छलकपट जालसाजी गरि म्याक्स मनिले पठाएको पैंसा हिमालय हिसावबाट हटाइएको, हिमालयन बैंकको कारण म्याक्स मनिलाई आर्थिक क्षति भएको छ ।’

विज्ञप्तीमा हिमालयन बैंंकमा जालसाजी गरेर तीन अर्ब हिनामिना गर्नेमा कार्यकारी अधिकृत अशोकशम्सेर जबरा, उज्जलराज भण्डारी, अनन्तराज भण्डारी (हाल अन्तै काम गर्ने), यूमा श्रेष्ठ, सन्तोष पराजुली (मेलेसियाका लागि हिमालयन बैंक प्रतिनिधि) लगायतको नामको उल्लेख गरेको छ ।

Advertisement

Advertisement

Advertisement