मेगा बैंकको नाफा एक अर्बभन्दा बढी, छोटो अवधिमै विलिनियर क्लवमा प्रवेश गर्न सफल भयौंः खुञ्जेली

Advertisement

काठमाडौं । मेगा बैंकले गएको आर्थिक बर्षमा एक अर्ब रुपियाँ बढी नाफा गर्न सफल भएको छ । बैंकले स्थापनाको स्थापनाको छोटो अबधिमै नाफा राम्रो गर्न सफल भएको भन्दै यसलाई सफलताको रुपमा चित्रण गरेको छ ।

गएको आर्थिक बर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर एक अर्ब चार करोड ६६ लाख पुगेको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले मेगा बैंक स्थापनाको भर्खरै आठ बर्ष भएको भन्दै यति छोटो अवधिमै बार्षिक नाफा एक अर्ब नाघ्नुलाई ऐतिहासिक सफलता भएको बताइन ।

उनी भन्छिन, ‘अब हामी गर्वका साथ बिलिनियर क्लवमा प्रवेश गरेका छौँ । वास्तवमा २०७५ साल बैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भएको हुनाले नौ महिनाको खुद मुनाफाबाट १४ करोड रुपियाँ रिजर्भमा लगेर राखेका छौं । योसहित जोड्ने हो भने मेगा बैंकले गत आर्थिक बर्षमा एक अर्ब १९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

मेगा बैंकको ग्राहक संख्या ९० प्रतिशतले बढेको छ । दुई लाख ६० हजार ग्राहक रहेकोमा गत आर्थिक बर्षमा चार लाख ९६ हजार पुगेको छ । आर्थिक बर्ष २०७३÷७४ मा कुल निक्षेप ३८ अर्ब ९४ करोड रुपियाँ भएकोमा २०७४÷७५ मा ६२ करोड रुपियाँ पुगेको छ । जुन २४ अर्ब ३ करोड रुपियाँले बढी हो । यसैगरी, सोही अवधिमा कर्जा २२ अर्ब ७ करोड रुपियाँले बढेको छ । कुल कर्जा ३५ अर्ब १९ करोड रुपियाँले वृद्धि भई ५७ अर्ब २६ करोड रुपियाँ पुगेको हो ।

बैंकको शाखा संख्या १०१ वटा पुगेको छ । गत आर्थिक बर्षमा बैंकको ४७ वटा शाखा मात्र थियो । यसैगरी, देशभर मेगा बैंकका १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल र ७४ वटा एटीएम छन् ।

Advertisement

Advertisement

Advertisement