एनआईसी एसिया र प्रभु लाईफबीच बैंकास्योरेन्स सम्झौता

nic_prabhu_life_bancasurance

काठमाडौं । एनआइसी एसिया बैंक र प्रभु लाइफ इन्स्योरेन्स्बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका ग्रहकहरुले दुई सय ३७ वटै शाखाहरुबाट प्रभु लाइफ इन्स्योरेन्सको बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका थिए ।

बैंकले हाल मुलुकभर दुई सय ३७ शाखा कार्यालयहरु, दुई सय ३० वटा एटिएम, १४ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखा रहित बैंकिङ ईकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार एक खर्ब ८१ अर्ब रुपियाँभन्दा बढि रहेको छ । त्यस्तै बैंकले एक खर्ब ५३ अर्ब निक्षेप संकलन गरी एक खर्ब २४ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको कुल गहक संख्या करिब १२ लाख १९ हजार रहेको बैंकले जनाएको छ ।