निक्षेपको ब्याजदर बढ्दा जलविद्युत लगानी कम्पनीको नाफामा उल्लेख्य वृद्धि

Advertisement

काठमाडौं। गत आर्थिक बर्ष बैंकले निक्षेपमा दिने ब्याजदर बढाएको कारण धेरै कम्पनीहरुको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । यसैमेसोमा जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले पनि आफ्नो पूँजी कोषको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेर गत बर्ष ६९ प्रतिशतले नाफा बढाएको छ।

बैंकले गत बर्ष ८३ करोड ३ लाख रुपियाँ नाफा गरेको छ। अघिल्लो बर्ष कम्पनीको नाफा ४९ करोड ९ लाख रुपियाँ नाफा थियो।

जलविद्युत कम्पनीमा लगानी गर्न स्थापना भएको यस कम्पनीले अहिलेसम्म विभिन्न आयोजनामा एक अर्ब ३८ करोड रुपियाँ र कावेली इनर्जीमा ७८ करोड ५४ लाख रुपियाँ लगानी गरेको छ। कम्पनीसँग हाल १४ अर्ब ५२ करोड रुपियाँ नगद रहेको छ।

देशमा उर्जा समस्या कायमै रहेको बेला जलविद्युतमा लगानी गर्न खोलिएको कम्पनीले पूँजीकाषको रकम बैंकमा राखेर नाफा गर्न खोज्दा यसमाथि प्रश्न उठ्न थालेको छ ।

कम्पनीले बैंकमा रकम जम्मा गरेर मात्रै एक अर्ब १७ करोड रुपियाँ आर्जन गरेको छ। त्यस्तै अन्य क्षेत्रमा गरेको लगानीबाट ११ करोड ७१ लाख रुपियाँ व्याज आम्दानी गरेको छ। चुक्ता पूँजी १० अर्ब रुपियाँ छ भने जगेडा कोषमा एक अर्ब ३२ करोड रुपियाँ रहेको छ।

नेपाल सरकारले चुक्ता पूँजी बृद्धिको लागि भन्दै आफ्नो तर्फको ५ अर्ब दिसकेको छ। यो सहित चुक्ता पूँजी १५ अर्ब रुपियाँ पुग्छ। कम्पनीले सरकार बाहेक अन्य लगानीकर्तासँग एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरिसकेको छ। प्रतिशेयर आम्दानी ८ रुपियाँ छ।

Advertisement

Advertisement

Advertisement