भारतले नेपालमा पनि मनायो ७२औं स्वतन्त्रता दिवस, विगतमा जस्तै एम्बुलेन्स र बसहरु प्रदान

Advertisement

काठमाडौं । भारतको ७२औं स्वतन्त्रता दिवसको अवसरमा लैनचौरस्थित भारतीय दूतावासले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी स्वतन्त्र दिवस मनायो । कार्यक्रममा विभिन्न दलका नेतासहित अन्य क्षेत्रका व्यक्तिहरुसमेत दूतावास पुगेका थिए ।

दिवसको शुभारम्भ भारतीय राजदूत मंजिवसिंह पुरीले भारतको राष्ट्रिय ध्वजा फहराए गरेका थिए । त्यसपछि पुरीले भारतका राष्ट्रपतिकोे सन्देश पढेर सुनाए । सन्देशमा भारतले गएको ७१ वर्षमा विभिन्न क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धीहरुको उल्लेख गरिएको छ ।

राजदूतले एक वीर नारी, सात एकल महिला, तीन मृत सैनिकको निकटतम नातेदार र एक भूतपूर्व अपाङ्ग भारतीय सेनालाई पाँच करोड ३५ लाख रुपियाँ नगद तथा कम्मल वितरण गरेको थियो ।

त्यस्तै, दूतावासले ६८ वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई नेरु १७ लाख बराबरको पुस्तक वितरण गर्यो । दूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरु उपलब्ध गरायो । दूतावासले हरेक बर्ष स्वतन्त्रता दिपसमा यस्ता साधनहरु दिने गरेको छ ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ६९२ ओटा एम्बुलेन्स र १३६ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको जनाउँदै दूतावासले जसले हजारौँ नेपाली जनताहरुलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै हजारौँ विद्यार्थीहरुका शैक्षिक आवश्यकताको पूर्ति गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement