काठमाडौंमा फेरी बाढी, अनामनगर र बिजुली बजार डुबानमा

Advertisement

काठमाडौं । धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।

गए रातिको अविरल वर्षाले निर्माणाधीन बिजुली बजारको पुल थुनिँदा अनामनगर, बिजुली बजारलगायका बस्तीमा पानी पसेपछि त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् । घर, पसल, विद्यालय, होटल, पब्लिकेशनलगायतमा पानी छिरेको थियो ।

बाढीको क्षतिबारे बुझ्न बिहानै काठमाडौं क्षेत्र नं एक का सांसद प्रकाशमान सिंह उक्त ठाउँ पुगेका थिए । उनले जनतासँग बाढीले पुर्याएको क्षतिबारे जानकारी लिँदै बाढीपीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । सांसद सिंहले गृह मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी र काठमाडौं महानगरपालिकामा टेलिफोन गरी पीडित बासिन्दाको समस्याबारे अवगत गराएका थिए । उनले सो क्षेत्रमा आगामी दिनमा बाढी नपसोस् भन्नेबारेमा दीर्घकालीन उपाय खोज्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement