मासिक किस्ता १५ हजार रुपियाँमा गाडी बेच्न मेगा बैंक र नारायणी अटोबीच सम्झौता

Advertisement

काठमाडौं । मेगा बैंक र नारायणी अटो बिजनेसबीच किस्तामा गाडी कर्जा उपलब्ध गराउन सम्झौता भएको छ ।

सम्झौता पश्चात नारायणी अटोबाट गाडी किन्ने ग्राहकहरुलाई मेगा बैंकले १० वर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने भएको छ । सम्झौतामा मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटोकोतर्फबाट प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नारायणी अटोबाट अल्टो, वागेन आर र सेलेरियो गाडी खरिदमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार रुपियाँ मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्रहकहरुले हाल प्रचलित व्याजदर १२ दशमलव ५० प्रतिशतमा अटोलोन लिन पाउने व्यवस्था मेगा बैंकले गरेको छ ।

प्रक्रिया शुरु गरेको २४ घण्टाभित्र निर्णय र सात दिनमा नै कर्जा प्रदान गरिने बैंकले जनाएको छ । सस्तोमा गाडी चढ्न चाहनेहरुका लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement