प्राधिकरणमा फेरि ज्ञवाली, राजनीतिक हस्तक्षेपका कारण प्राधिकरणले काम गर्न सकेन

Advertisement

काठमाडौं । सरकारले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई फेरि नियुक्त गरेको छ । यसअघि उनलाई काँग्रेसको सरकारले काम गर्न नसकेको भन्दै हटाएको थियो ।

सुरुमा काँग्रेसको तर्फबाट तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले गोविन्द पोखरेललाई नियुक्ति गरेकोमा उनले काम गर्न नपाउँदै केपी ओली नेतृत्वको सरकारले हटाएर सुशील ज्ञवालीलाई नियुक्त गरेको थियो ।

पछि शेरबहादुर देउवा नेतृत्वको सरकारले ज्ञवालीलाई हटाएर पुनः पोखरेललाई नै नियुक्ति गर्यो । पोखरेल साँसद उम्मेदवार हुन थएपछि सो ठाउँमा युवराज भुषाललाई नियुक्ति गरेकोमा शेरबहादुर देउवाले नियुक्ति गरेका सबैलाई हटाउने केही समयअघिको निर्णयमा भुषाल पनि बाहिरिएको थिए ।

विसं २०७२ बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनः निर्माणका लागि गठन गरिएको प्राधिकरण काम गर्ने भन्दा राजनीतिक नियुक्तिको अखडा भएको धेरैको गुनासो रहेको छ । भूकम्प पीडितले अझै पनि राहत सुविधा पाउन नसकेको अवस्थामा प्राधिकरणको कार्यकारी नेतृत्व भने पटक पटक परिवर्तन भइसककेको छ ।

मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार ज्ञवालीलाई दोस्रो पटक यो पदमा नियुक्त गरिएको हो । उनी २०७२ साल पुस १० देखि २०७३ पुस २७ सम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । प्राधिकरणमा नेतृत्व नहुँदा असार मसान्तमै सम्पन्न भएको दोस्रो किस्ता लिने म्याद के हुने भन्ने अन्योलता छ ।

अन्योलतका कारण धेरै भूकम्प पीडितले दोस्रो किस्ताको फारम भर्न नपाएको गुनासो गरेका छन् । प्रमुख कार्यकारी अधिकृतको अभावमा पुनः निर्माणका नीतिगत समस्या समाधानमा प्रभाव पर्दै आएको थियो ।

Advertisement

Advertisement

Advertisement