घुस मागेर हैरान गर्ने लेखापाल ४५ हजार घुससहित रंगेहात पक्राउ

Advertisement

रौतहट । गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा कार्यरत लेखापाल प्रमोद ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोलीले नगद ४५ हजारसहित रंगेहात पक्राउ गरेको हो ।

विद्यालयको भवन बनाउने कम्पनीसँग पैसा मागेर हैरान पार्दै आएका ठाकुरलाई ४५ हजार घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनले घुस मागेर हैरान बनाएको उजुरीसमेत अख्तियारमा परेको थियो ।

उजुरीका आधारमा निगरानी गरेर घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement