माछापुच्छ्रे बैंकको थप चार शाखा रहित बैंकिङ सेवा मुस्ताङमा

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले मुस्ताङमा चार वटा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले मुस्ताङको मार्फा, कागबेनी, लेते र लोमन्थाङ गरी चार शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

यससँगै माछापुच्छ्रे बैंकिङ कुल २५ वटा शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकिङ जनाएको छ । ग्राहक सेवा कन्द्रको रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भक्तनी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकिङ नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकिङ पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, दुई वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैंकिङ सेवा तथा ९९ वटा एटीएम समेत गरी जम्मा एक सय १३ बैंकिङ इकाईमार्फत सम्पुर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement