विप्लवलाई पक्राउ गर्न काटियो पक्राउ पुर्जी

Advertisement

काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका सात उच्च नेतालाई पक्राउ गर्न पक्राउ पुर्जी काटेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले विप्लवसहितका नेताविरुद्ध मुद्दा चलाएपछि अदालतले उनीहरुलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको हो । विप्लवसहितका नेताहरुविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

कार्यालयले बुधबार जिल्ला अदालत कालिकोटमा उक्त मुद्दा दर्ता गरेकोमा अदालतले उनीहरुलाई पक्राउ गर्न भनेको हो । बिहीबार नेकपाले गरेको बन्दका क्रममा कर्णाली राजमार्गको कालेखोला र सदरमुकाम मान्मस्थित मालपोत र नापी कार्यालयको हातामा बम बिस्फोट गराएको अभियोगमा उनीहरुविरुद्ध मद्दा दर्ता गरिएको हो ।

कर्णाली राजमार्गको कालेखोलामा विस्फोटमा संलग्न शान्नित्रिवेणी गाउँपालिका मुम्राका कासे दर्जीलाई पक्राउ गरिएको छ । उनले दिएको बयानका आधारमा नेकपाका उच्च नेताहरुको पनि संलग्नता रहेको देखिएपछि मुद्दा दर्ता गरिएको जनाइएको छ ।

पक्राउ पुर्जी जारी गरिएकाहरुमा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, पोलिटब्युरो सदस्य भरतबहादुर बम रणवीर, पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य धीरेन्द्र उपाध्याय भृकुटी, जिल्ला ईन्चार्ज लोकजंग शाही समर, महिला नेतृ शान्ति विक क्रान्ति रहेका छन् ।

Advertisement

Advertisement

Advertisement