राष्ट्रिय बीमा कम्पनीको नाफा १२३ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको नाफा १२३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्ष कम्पनीले ५५ करोड ९ लाख रुपियाँ नाफा आर्जन गरेको हो ।

कम्पनीले गत वर्ष खुद बीमा शुल्कको रुपमा २२ करोड ६९ लाख रुपियाँ आर्जन गरेको छ। बैंक तथा वित्तीय संस्थाको उच्च व्याजदरको फाइदा उठाउदै लगानी कर्जा तथा अन्य आय मार्फत कम्पनीले ५४ करोड ५८ लाख रुपयिाँ आम्दानी गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी २०६ रुपियाँ रहेको छ ।

कम्पनीले अन्य धेरै वटा कम्पनीहरुको शेयरमा पनि लगानी गरेको छ। साथै कम्पनीले तीन अर्ब ३५ करोड रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ। यसले गर्दा कम्पनीको नाफामा उल्लेख्य सुधार आउन सकेको हो। बीमा शुल्कको आधारमा भने कम्पनी कमजोर देखिन्छ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ। साथै जगेडा कोषमा दुर्इ अर्ब ७ करोड रुपैयाँ सञ्चीत छ। बीमा समितिले दिएको निर्देशन अनुसार अबको ६ महिना भित्रमा चार गुणा पूँजी बढाउनु पर्ने हुन्छ। समितिले निर्जीवन बीमा कम्पनीको लागि एक अर्ब रुपैयाँ पूँजी तोकेको छ।

कम्पनीले खुद दाबी भुक्तानी ६ करोड ७१ लाख रुपैयाँ गरेको छ भने अझै ५४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

Advertisement

Advertisement

Advertisement