सेयर कारोबारमा उल्लेख्य सुधार, सेयर बेच्नेको चापले नेप्से परिसूचक बढ्न सकेन

Advertisement

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारको कारोबारमा उल्लेख्य सुधार आएको छ । नेप्से परिसूचकमा सामान्य मात्रै वृद्धि आएपनि बिहिबार कारोबारको रकम भने उल्लेख्य बढेको हो ।

बिहिबार १ सय ६६ कम्पनीहरुको ४५ करोड ५२ लाख ४४ हजार रुपियाँ बराबरको १३ लाख ६१ हजार ७ सय सत्ताइस कित्ता सेयरहरुको कारोबार भएको छ । बुधबार जम्मा ३६ करोड रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजार खुलेको शुरुवाती समयमा बढेर १ हजार २ सय १८ अंकभन्दा माथि पुगेका नेप्से परिसूचकमा पछिल्लो समयमा भने निकै उतारचढाब आएर अन्त्यमा १ हजार २ सय १० दशमलव ३२ अंकमा कारोबार बन्द भएको छ ।

विहिबार बैंकिङ र उत्पादन बाहेक अन्य सबै समूहका उप—सूचकहरुमा गिरावट आएको छ ।

Advertisement

Advertisement

Advertisement