कलंकीको अण्डरपास शुक्रबारदेखि सञ्चालनमा आउने

Advertisement

काठमाडौं । कलंकी चोकमा निर्माण भएको नेपालकै पहिलो अण्डरपास (भुमीगत बाटो) सञ्चालनमा आउने भएको छ । चिनियाँ कम्पनी संघाई कन्स्ट्रक्सनले विगत दुई वर्ष अघि निर्माण थालेको अण्डरपार शुक्रबारदेखि सञ्चालनमा आउने भएको हो ।

आठ सय मिटरको अण्डरपास भएको बाटोमा कलंकी चोकबाट चार सय मिटर सितापाइलातर्फ र कलंकी चोकबाट चार सय मिटर खसिबजारतर्फ अण्डरपास निर्माण गरिएको छ । अण्डरपासको सडक पेन्टिङ र लेन छुट्याउने लगायतका काम अझै बाँकि रहेको र उक्त काम सम्पन्न गर्न दुई महिना लाग्ने बताइएको छ ।

अहिले बनिरहेको अण्डरपास चक्रपथ हिड्ने सवारीसाधनले प्रयोग गर्ने छन् । अण्डरपास चारलेनको रहेको छ जसमा दुई लेन आउन र दुई लेन जानका लागि प्रयोग हुने छ ।

अण्डरपास सञ्चालनमा आएपछि चक्रपथ परिक्रमा गर्दा कलंकि चोकको जाममा बस्न नपर्ने भएको छ । कालीमाटीतिरबाट थानकोटतर्फ आउ–जाउ गर्न अण्डरपास माथिको बाटो प्रयोग हुनेछ ।

यससँगै कोटेश्वर–कलंकी १० दशमलव ४० किमि खण्ड विस्तारको कार्य पनि अन्तिम चरणमा पुगेको छ । आगामि दुई महिनाभित्रमा यो खण्डको सबै काम सकिने चक्रपथ सुधार योजनाले जनाएको छ ।

कलंकि अण्डरपास र सडकको स्तरोन्नती चिन सरकारको पाँच अर्ब रुपियाँ अनुदानमा भएको हो । आगामि असोजबाट कलंकि–महाराजगंज आठ दशमलव २० किमि सडकको काम अधि बढाउन चिन र नेपाल सरकारबीच द्धिपक्षीय सम्झौता भैसकेको छ । यो सडकखण्ड पनि चिन सरकारको छ अर्ब रुपियाँ आुदानमा विस्तार हुा लागेको हो ।

Advertisement

Advertisement

Advertisement