भारतीय पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधन

Advertisement

काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ९३ वर्षको उमेरमा उनको निधन भएको हो ।

सन् १९२४ डिसेम्बर २५ तारिखमा जन्मिएका उनको दिल्लीस्थित एम्स अस्पतालमा भएको निधनपछि श्रद्धनञ्जली दिन अस्पताल परिसरमा विशिष्ठ ब्यक्तिहरुको भिड लागेको थियो ।

तीन पटक प्रधानमन्त्री बनेका उनी पछिल्लो दुई महिनादेखि एम्स अस्पतालमा उपचाररत थिए । उनलाई पिशाव नलीमा संक्रमण भएपछि उपचारका लागि एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

पछिल्लो पटक उनको केबल एउटा मात्रै मृगौलाले काम गरिरहेको थियो । ३० वषदेखि निजी चिकित्सक रहेका डा. रणदीप गुलेरियाको रेखदेखमा एम्समा उनको उपचार भइरहेको थियो ।

बुधबार राति एम्सले मेडिकल बुलेटिन निकाल्दै बाजपेयीको स्वास्थ पछिल्ले २४ घण्टामा धरै बिग्रिएको जनाएको थियो । त्यसपछि उनलाई ‘लाइफ सपोर्ट सिस्टम’मा राखिएको थियो । बिहीबार बिहान जारी बुलेटिनमा एम्सले बाजपेयीको स्वस्थ्यमा कुनै सुधार नभएको जनाएको थियो ।

अटल बिहारी बाजपेयी देशको सक्रिय राजनीतिमा पाँच दशक भन्दा धेरै समय सक्रिय रहे । उनी देशको पहिलो गैरकांग्रेसी प्रधानमन्त्री थिए । उनी सन् १९९१, १९९८, १९९९ र २००४ मा लगातार लोकसभा सदस्यमा निर्वाचित भएका थिए ।

Advertisement

Advertisement

Advertisement