संघीयता कार्यान्वयनको नाममा कर बढाएर सरकार आफै अलोकप्रिय बन्योः प्रधान

Advertisement

काठमाडौं । उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले सरकार अलोकप्रिय बन्दै गएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लबमा उनले संघीयता कार्यान्वयन गर्ने बहानमा कर बढाएर जनतालाई मर्कामा पार्ने काम भएको बताए ।

प्रधानले भने, ‘वर्तमान सरकार दिन–प्रतिदिन अलोकप्रिय बन्दै गैरहेको छ । चुनावको बेलामा बाँडिएका सपनाहरु विपरित सरकारले काम गर्दै गैरहेको छ । कुनै छलफल नगरी, कुनै बहस नगरी सरकारले करको दर बढाएको छ । संघीयतालाई कार्यान्वयन गर्ने बहानामा जनतालाई मर्कामा पार्नुहुँदैन् ।’

उनले थपे, ‘सरकारी खर्चलाई पारदर्शी बनाउनुपर्छ । सामान्य रोग वा बिरामी हुँदा विदेशमा उपचार गर्न जानुको साटो जनताको वास्तविक स्थितिबारे बुझेरमात्रै काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । हाम्रो देशको संघीयता केन्द्रदेखि गाउँकेन्द्रित छ । स्थानीय सरकार सञ्चालनको लागि आवश्यक कानून निर्माण नभएको स्थितिमा कर बढाउँदा जनतामा निराशा त छाउँछ । तर करलाई व्यवस्थित गर्ने हो भने जनता र मुलुककै विकास हुने त हो नि ।’

Advertisement

Advertisement

Advertisement